श्रमजीवी पत्रकारको न्यूनतम तलब ४० प्रतिशत बढाउन सिफारिस
zeenepal
२०८० जेष्ठ ७,
12
Shares
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकार, कर्मचारी र कामदारहरूको न्यूनतम तलबमान ४० प्रतिशतले बढाउन सिफारिस गरेको छ ।आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई समितिकी अध्यक्ष संगीता खड्काले श्रमजीवी पत्रकारको न्यूनतम तलब वृद्धिको सिफारिस सहितको प्रतिवेदन बुझाएकी हुन् ।समितिले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको तलबमान मासिक ३४ हजार १२५ रुपैयाँ पुर्याउन सिफारिस गरेको छ ।
यसअघि उनीहरूको तलबमान मासिक २४ हजार ३७५ रुपैयाँ थियो ।यसैगरी ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारी र कामदारको न्यूनतम तलब १८ हजार रुपैयाँबाट २५ हजार २ सय रुपैयाँ कायम गर्न सिफारिस गरिएको छ ।अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारहरुको न्युनतम तलब १७ हजार ६२५ रुपैयाँबाट २४ हजार ६७५ र तथा कर्मचारी र कामदारहरुको १५ हजार ६२५ बाट २१ हजार ८७५ रुपैयाँ कायम गर्न समितिले सिफारिस गरेको छ ।दुर्गम जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्ने श्रमजीवी पत्रकार र कर्मचारीका लागि भने सिफारिस गरिएको पारिश्रमिकमा २० प्रतिशत थप गर्न पनि सिफारिस गरेको समितिकी अध्यक्ष खड्काले जानकारी दिइन् ।
हेर्नुहोस् सिफारिस-