फिल्म क्षेत्रलाई सरकारले उपेक्षा गर्यो : भुवन केसी
zeenepal
२०८० जेष्ठ १८,
3
Shares
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजिक कार्यक्रममा बोल्दै उनले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई सरकारले बजेटमा बेवास्ता गरेको बताए ।
नेपाली चलचित्रको प्रवर्द्धनका लागि स्टुडियो बनाउने कुराले खुसी बनाए पनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट छुट्टाएन,’ केसीले भने ।बजेटमा सरकारले विदेशी फिल्म आयात गर्दा पाँच प्रतिशत कर लगाउन आफूहरुले सुझाव दिएको तर एक प्रतिशत मात्रै कर लगाउनेगरी बजेट आएकोमा उनले असन्तुष्टि जनाए ।