
हुलाक वचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारवाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गर्ने निर्णय पनि सरकारले गरिसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । त्यस्तै हुलाक वचत बैंकमा रहेका खाताहरु हस्तान्तरणपछि हुलाक वचत बैंक खारेज गरी हुुलाक बैंक नियमावली २०३४ को खारेजीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बाट भइसकेको प्रवक्ता सुवेदीले जानकारी दिए ।
देशभरि सञ्चालनमा रहेका ६८ वटा हुलाक वचत बैंकमध्ये १२ वटा घाटामा चलेका थिए । त्यहाँ कार्यरत कर्मचारीबाट वचत रकम हिनामिनासमेत गुनासो आउन थालेपछि आवश्यक पहल गर्दै सञ्चार मन्त्रालयले वचतकर्ताको रकमको सुरक्षाका लागि राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरणका लागि पहल थालेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । सानातिना रकम जम्मा गर्न चाहने व्यक्तिलाई बैंकिङ सुवधा प्रदान गर्न स्थापना भएका हुलाक वचत बैंकको सेवा र कारोवारमा वचत तथा ऋण सेवा प्रदान गर्ने बैंक तथा तथा वित्तीय संस्थाहरुको विस्तारसँगै संकुचन आएको छ । जसका कारण हुलाक वचत बैंक न्यून प्रभावी बन्न पुुगेको निष्कर्ष सहित सरकार हुलाक वचत बैंकका खातालाई ‘क’ वर्गको सरकारी बैंकमा स्थानान्तरण गरी हुलाक वचत बैंक खारेज गर्ने निर्णयमा पुुगेको हो ।