‘सरकारले युवा तथा खेलकुद क्षेत्रलाई अघि बढाउन नयाँ विकल्प सोच्नुपर्छ’
zeenepal
२०८० असार २८,
3
Shares
काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रीपसाद पाण्डेले युवाहरूलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले खेलकुद मन्त्रालयको बजेट घटेर आएको तर युवाहरूलाई सिर्जन्शील बनाउने कुरा देशमा डरलाग्दो स्थिति रहेको बताए । उनले आर्थिक उपार्जन गर्न खेलकुद क्षेत्र महत्त्वपूर्ण हुने भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
सांसद पाण्डेले खेलकुद र युवा क्षेत्रमा निजी र सहकारी लगायतका अन्य क्षेत्रहरूले पनि युवा उद्यमशीलताको क्षेत्रमा र खेलकुद क्षेत्रलाई माथि उठाउन कुनै साझेदारीको कार्यक्रम गर्न जरुरी रहेको बताए । १६५ निर्वाचन क्षेत्रमध्ये कम्तीमा एउटा कार्यक्रम युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत लगाउन नयाँ विकल्प सोच्नुपर्ने बताए । सांसद पाण्डेले खेलकुद क्षेत्रमा चलखेल हुँदा खेलाडीहरु बदनाम हुनुपरेको बताए ।