पार्टी सशक्त बनाउने विषयमा छलफल गर्न चन्द निवासमा राप्रपाका नेता
zeenepal
२०८० असार २९,
45
Shares
काठमाडौँ । राप्रपाका शीर्ष नेताहरुले सो पार्टीका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग भेटवार्ता गरेका छन् । चन्द निवास लोकन्थलीमा शुक्रबार भएको भेटवार्तामा राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राप्रपा वरिष्ठ नेता एवं अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेतलगायतका नेता सहभागी थिए ।
नेताहरुबीच राप्रपालाई जनतामाझ मजबुत रुपमा स्थापित गराउँदै सशक्त ढंगले अगाडि बढाउनेबारे छलफल भएको राप्रपाका केन्द्रीय सदस्य जनराज पाठकले जानकारी दिए । नेता चन्द राप्रपामै रहेपनि पछिल्लो समय सक्रिय छैनन् ।