
उनले ऊर्जा तथा सिँचाइ मन्त्रीको ध्यानाकर्षण गराउँदै भने,‘तपाई नसुत्नुस, तपाई काठमाडौँमुखी नहुनुस्, काठमाडौँको चार किल्लाको दायरामा नरहनुस् । तपाई मदेसलाई पनि हेर्नुस्, त्यहाँको सिँचाइको अवस्थालाई पनि हेर्नुस् । त्यहाँका जनता कति मारमा छ त्यो पनि हेर्नुस् । काठमाडौँमा बसेर, मन्त्रालयमा बसेर हुँदैन । सिंहदरबारको आँखा गाउँतिरपनि जाओस्, मधेसतिर पनि जाओस् । आज रोपाईको बेलामा किसानको बिउँहरू सुकिरहेको छ, पानी छैन भने अब रोपाई कसरी हुन्छ
उनले सिँचाइका लागि नहरको सफाइ किन नभएको भन्दै प्रश्न गरे । उनले विगतमा नहर सफा हुने गरेपनि यो पटक किन नभएको बताउँदै सुपरभाइजरहरुले हेर्नु पर्दैन भन्दै ऊर्जा मन्त्रीको ध्यानाकर्षण गराए ।