नेपालगन्ज २३ सवान ।पछिल्ला ६ आर्थिक वर्षमा कोहलपुर नगरपालिकाको बेरूजु करिब ४४ करोड पुगेको छ । आर्थिक वर्ष २०७३÷०७४ देखि २०७८÷०७९ सम्म कोहलपुरको बेरूजु रकम करिब ४४ करोड रूपैयाँ पुगेको हो ।कोहलपुरको बेरूजु रकम ४३ करोड ६६ लाख ३२ हजार रूपैयाँ पुगेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । कोहलपुर नगरपालिकाले शुक्रबार सार्वजनिक गरेको बेरूजुसम्बन्धी तथ्यांकअनुसार विभिन्न शीर्षकमा ठूलो रकम बेरूजु देखिन्छ । ६ वर्षको अवधिमा सबैभन्दा बढी नियमित गर्नुपर्ने बेरूजु देखिएको छ ।नियमित गर्नुपर्ने बेरूजु रकम ३६ करोड ४२ लाख १० हजार सात सय ३७ रूपैयाँ रहेको नगर प्रमुख आचार्यले जानकारी दिए । उनका अनुसार म्याद नाघेको पेश्की बेरूजु पाँच करोड ८० लाख ४३ हजार तीन सय पाँच रूपैयाँ र असूल उपर गर्नुपर्ने बेरूजु रकम एक करोड ४३ लाख ७८ हजार सात सय ४४ रूपैयाँ रहेको छ ।असूल गर्नुपर्ने भन्दा नियमित गर्नुपर्ने र म्याद नाघेको पेश्की बेरूजु धेरै देखिएको छ,’ नगर प्रमुख आचार्यले भने, ‘बेरूजु फछ्र्यौटको लागि नगरपालिकाले निर्णय नै गरेर काम गरिरहेको छ ।पछिल्लोपटक आर्थिक वर्ष २०७८÷०७९ को महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा कोहलपुरको बेरूजु १२ करोड ४० लाख ८३ हजार देखिएको थियो ।महालेखाको सो प्रतिवेदनमा हालसम्मको कोहलपुरको अद्यावधिक बेरूजु ४५ करोड २८ लाख एक हजार रहेको थियो ।गत आर्थिक वर्ष २०७९÷०८० को भने महालेखा परीक्षकको कार्यालय लेखापरीक्षण गरेका छैन ।