
मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको सचिवहरुको बैठकले गरेको २४ बुँदे निर्णय बमोजिम यस्तो निर्देशन जारी गरिएको हो ।मुख्यसचिव अर्यालले हस्ताक्षर गरेर जारी गरेको निर्देशन अनुसार मुख्यतया गत भदौ २७ गते प्रधानमन्त्री र मन्त्रीहरुबीच भएको कार्यसम्पादन सम्झौतामा उल्लेखित एकीकृत अनलाईन प्रणालीका विशिष्ट गरिएका प्रमुख सूचकहरु र माइलस्टोनको लक्ष्य हासिल गरे/नगरेको जानकारी प्रत्येक मन्त्रालय र निकायले गराउनुपर्नेछ ।
उक्त जानकारी प्रधानमन्त्री तथा मन्त्रपरिषद सचिवालयको विकास हेर्ने सचिवलाई पेस गर्नुपर्ने छ । पेश गरेको सूचकको विवरण मुख्यसचिवले प्रधानमन्त्रीसमक्ष पेस गर्ने निर्णय सचिवहरुको बैठकले गरेको छ ।सचिव बैठकले कर्मचारी सरुवाको व्यवस्थापन, कर्मचारीको यथार्थ विवतरण अध्यावधिक, संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएण्डएम), अन्तरमन्त्रालय समन्वय, सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्रको आवद्धता, सरकारको नीति तथा बजेको कार्यान्वयन, सिंहदरबार प्रवेशमा ई–पासको व्यवस्था, संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन, विभिन्न मितिमा सकारको नाममा आएको, जफत गरेको वा खरिद गरेको सम्पत्तिको लिलामी प्रक्रियालगायतका विषयमा प्रभावकारी रुपमा आवश्यक प्रक्रिया अघि बढाउन मुख्यसचिव आर्यालले सवै मन्त्रालय तथा निकायलाई निर्देशन दिएका छन् ।
बैठकमा सहभागी एक सचिवका अनुसार सरकारले तय गरेको लक्ष्य हासिल गर्न अन्तरमन्त्रालयबीचको सहकार्य र समन्वयका विषयमा गम्भिर रुपमा छलफल भएको छ ।एउटा मन्त्रालय वा निकायले अर्को मन्त्रालय वा निकायमा पठाइको फाइल महिनौं रोकिने गरेको छ । रोकिनुको कारण थाहा नहुने मात्र होइन त्यसको जवाफ पनि दिनुनपर्ने अवस्था रहेको छ,’ ‘बैठकमा सहभागी एक सचिवले भने अब यस्ता फाइलले मागेको जवाफ वा गर्नुपर्ने निर्णय १५ दिनमा टुंग्याउनुपर्ने सहमति भएको छ ।’