नेपालगन्ज २३ सवान ।आँखा पाक्ने रोग फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय मंगलावारदेखि बन्द हुने भएका छन् ।नेपालगन्ज उपमहानगरपालिकाले भोलिदेखि तीन दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।एक सूचना प्रकाशित गरेर विद्यालय बन्द गरिने जनाइएको छ ।
केही दिनदेखि बढ्दै गएको आँखासम्बन्धि प्रकोपका कारण बालिबालिकामा हुन सक्ने जोखिम न्यूनीकरणका लागि साउन २४ गतेदेखि २६ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखाले जनाएको छ ।बालबालिकाहरूको आँखा चिलाउने, पाक्ने र रातो हुने समस्या दिन प्रति दिन गुणात्मक रूपमा वृद्धि भइरहेकोले उक्त समस्यावाट बालबालिकाहरूमा हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि विद्यालयहरू बन्द गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।आँखा सम्बन्धि रोग बढ्दै जाँदा उपचारको लागि अस्पताल पुग्नेहरूको संख्या पनि बढ्दै गएको छ ।