
आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात-जाति तथा धर्मका मान्छेहरूले सम्मान गर्नुपर्ने समेत बताएको छ । आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरीत कार्य गर्ने जो-कोहिलाई पनि यथाशीघ्र कारबाही गर्नुपर्ने कुरा माथि जोड दिएको छ ।आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुनसरी घटनालाई आयोगले गम्भीरतापूर्वक हेरिरहेको र सो घटनाको दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले आवश्यक पहल गर्ने समेत बताएका छन् ।