नेपालगञ्ज : प्रकृतिको कुचिकार गिद्ध संरक्षणका लागि डाइक्लोफेनक औषधिको प्रयोग पूर्णरुपमा प्रतिबन्ध गर्न आग्रह गरिएको छ गिद्ध मांशहारी भए पनि आफैँले शिकार भने गर्दैन र मरेको सिनो खाएर प्रकृतिलाई सफा राख्न सहयोग पुर्याउने हुनाले गिद्धलाई प्रकृतिको कुचिकार भनिएको छ । गिद्धको सरक्षणमा लाग्न सके वातावरण मात्र नभएर मानव शरीर पनि स्वस्थ रहने वर्ड कन्जरभेसनका विज्ञ भुपाल नेपालीले बताए ।
गिद्धले एक वर्षमा झण्डै एक हजार एक सय डलर बराबरको फोहर अर्थात नेपाली रुपैयाँ एक लाख ४५ हजार दुई सय बरारबरको फोहर खाएर व्यवस्थापन गर्ने गरेको उनको भनाइ रहेको छ ।पशु चौपायको उपचारमा डाइक्लोफेनक सोडियमको प्रयोगले गिद्धहरुको विनास हुने भएकाले डाइक्लोफेनक प्रयोग पूर्णरुपमा प्रतिबन्ध गरी गिद्ध तथा वातावरणलाई पूर्ण रुपमा फाइदा पुर्याउनका लागि आग्रह गरिएको छ ।गिद्धका बासस्थान सिमल, साजलगायत रुखको संरक्षण र मरेका पशुचौपायको सिनो समुदायलाई असर नपर्ने गरी गिद्धले सजिलै भेट्न सक्ने खुला ठाँउमा फाल्न बाँके राष्ट्रीय निकुञ्जका सरक्षक अधिकृत उत्तम चौधरीले बताए ।
यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्यले बिगतको वर्षको तुलनामा गिद्धको संख्या क्रमिक रुपमा वृद्धि भइरहेको र पछिल्लो समय गिद्ध लोप हुनुमा आहराको कमी, जनचेतनाको कमी र मरेको सिनोमा समेत विषादी प्रयोग गर्नुले गिद्ध संरक्षणमा चुनौती थपिएको बताए । उनले स्थानिय तह बाट गिद्द सरक्षणको लागि विशेष अभियान सञ्चालन गरेर यसको सरक्षणको बारेमा जनचेतना अभियान सञ्चालन गरिने बताए ।गिद्ध सचेतना दिवस हरेक वर्ष सेप्टेम्बर पहिलो हप्ता अर्थात भदौ महिनामा मनाइन्छ ।
ADVERTISEMENT

