
लामाले निर्माण व्यवसायीलाई सचेत गराएको एक हप्तापछि फिल्डमा गएर निमार्ण कार्यको अनुगमन तथा निरीक्षण गरेका हुन् । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुलाई फिल्डमा बोलाएर एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुको साथै काम सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने उनले चेतावनी दिएका छन् ।
कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलगअलग ठेक्का सम्झौता गरेको थियो । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गर्न ठेक्का सम्झौता भए पनि अहिले सम्म गुरुयोजना सम्पन्न हुन सकेको छैन ।