काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट अतालिएका तत्त्वहरूले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चाले गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरोधी अभियान चलाउँदा आफ्नो सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको दाबी समेत गरे ।
ADVERTISEMENT

