
श्रोत नखुलेको ठुलो रकम र कर अधिकृत भएकै कारण कतै भ्रष्टाचारकै रकम भएको हुन सक्ने भन्दै अख्तियारसँगको समन्वय पश्चात् आवश्यक अनुसन्धान गर्न अख्तियारलाई बुझाइएको डीएसपी डाँगीले बताए । प्रहरीका अनुसार उनीहरु रुकुम पश्चिम् बाट अनुगमन गरि सिधै काठमाण्डौ जान लागेको बताएको छ ।
पौने ९ बजे नेपालगञ्ज विमानस्थलबाट श्री एयरको जहाजबाट काठमाण्डौ उड्न लागेका कर अधिकृत सापकोटाको ब्यागमा विमानस्थल सुरक्षा गार्डले एक्सरे जाँच गर्दा ठुलो रकम देखेपछि सोधपुछ गर्दा अर्का अधिकृत फरार भएका थिए । एयरपोर्ट सुरक्षा गार्डका प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र बमले श्रोत नखुलेको २६ लाख रुपैयाँ फेला पारेपछि सापकोटालाई पक्राउ गरेका थिए ।