
संसद्को शिक्षा स्वास्थ्य समिति सदस्य रहेका एमाले सांसदहरुको उपस्थितिमा बन्द विद्यालय तत्काल खोल्न आग्रह गरिएको उनले जनाए । ‘एमाले संसदीय दलको तर्फबाट शिक्षामन्त्रीलाई भेटेर अविलम्ब विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका छौं,’ उनले भने, ‘शिक्षक महासंघले उठाएका कतिपय मुद्दाहरु ठीक छन्, त्यसलाई पूरा गर्नुपर्छ पनि भनेका छौं ।’