काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको सुरक्षा नीति र परराष्ट्र नीतिमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका छन् ।शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सुरक्षा र परराष्ट्र नीतिमा सबै पार्टीबीच साझा सहमति बनाउनुपर्ने बताएका हुन् । दलहरुबीच आन्तरिक द्वन्द्व भए पनि सुरक्षा नीति र परराष्ट्र नीतिमा समान धारणा हुनुपर्ने उनको जोड छ ।
यसैगरी नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले परराष्ट्र नीतिको बारेमा सबै प्रष्ट हुनुपर्ने बताए । उनले युक्रेन—रुस युद्धताका नेपालले लिएको निर्णयलाई लिएर विभिन्न आशंका उब्जिएको भन्दै त्यसको लागि पनि साझा सहमतिमा परराष्ट्र नीति बनाउनुपर्ने बताए ।
ADVERTISEMENT

