
अध्यक्ष बस्नेतले भने ‘हामीले नयाँ मिडिया दर्ता ग¥यौँ । अब जसरी अघि बढे पनि हुन्छ भन्ने नसोच्नुहोला । जिम्मेवारी झन् बढेको छ, आजैबाट जनताको मन जित्ने, विश्वास जित्ने गरी समाचार लेख्न सक्नुपर्छ । होइन भने दुखका दिन सुरु हुन्छन् ।
पत्रकारिताका आधारभूत मूल्य, मान्यता र आचारसंहिताको बन्धनभित्र रही पत्रकारिता गरे सफल भइ पेसा पनि मर्यादित हुने अध्यक्ष बस्नेतले बताए । विषयविज्ञ नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकार आचारसंहिता २०७३, (पहिलो शंसोधन, २०७६)मा भएका व्यवस्थाबारे प्रशिक्षण दिएका थिए । महासंघका अध्यक्षसमेत रहेका पोखरेलले पत्रकारले गर्न नहुने १४ बुँदाबारे स्पष्ट पारेका थिए । कार्यक्रममा अध्यक्ष पोखरेलले पत्रकारले समाजमा आफैँ जन्मिरहेका समाचारलाई पत्रकारिताको मूल्य मान्यतामा रही सम्प्रेषण गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए । ‘जबरजस्ती समाचार बनाउन र आफूलाई न्यायाधीशको रूपमा प्रस्तुत गर्नु हुँदैन’ अध्यक्ष पोखरेलले भने ।