
सो क्रममा उनले देशको उच्च पदमा रहेका कर्मचारीले कमिसनको नाममा पैसा उठाउने, ठुला व्यापारीहरू राजस्व छली गरी पैसा थुपार्ने, नेताहरू कमिसनको चक्करमा लाग्दा देश विकास हुन नसकेको बताए । उनले भने कमिसनमार्फत आएको पैसा अवैध बाटोबाट विदेश पुर्याउने गरिएको छ । भएको पुँजी अवैध बाटोबाट विदेश लगेपछि नेपाल कसरी समृद्ध हुन्छ उनले जङ्गली जनावरको नियन्त्रण गर्न र पीडित किसानलाई राहत तथा क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरे । अनियन्त्रित रूपमा बढ्दै गएको नीलगाई लगायतका जङ्गली जनावरले किसानको वर्षभरिको मिहिनेत पसिना माथि क्षति पुर्याएको कारण तत्काल नियन्त्रणको पहल गर्न तथा पीडित किसान लाई क्षतिपूर्ति दिन आवश्यक रहेको उनले बताए।
शुभकामना कार्यक्रममा आम जनता पार्टीको केन्द्रीय सचिव पूर्व सांसद समीना हुसेन, जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष एवम् देवाही गोनाही नगरपालिकाको पूर्व मेयर धर्मेन्द्र पटेल,आम महिला मिर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता, नेता श्रीभग्वान पटेल, अनिल झा, फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्याशी विजय यादव, महिला नेतृ बबिता यादव, रञ्जु साह , लगायतको उपस्थिति रहेको थियो।