
अध्यक्ष केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) को रकममा उच्च वृद्धि भएको समेत बताए । उनले लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको बताए । उनले कात्तिक १७ गतेसम्म २० वटा वाणिज्य बैंकहरुको करिव ७४ अर्बको कर्जा बढ्दा १२१ अर्बले निक्षेप बढेको बताए । उनले गत वर्ष सोही समयमा करिव ४७ अर्ब बढेको बताए । उनले २० वटा बैंकको अवस्था हेर्दा एउटा बैक घाटामा,१३ वटा बैंक गत वर्षको भन्दा कम नाफा र ६ वटा बैंकको केही मात्रामा नाफा बढेको बताए ।
अध्यक्ष केसीले विश्व व्यापी रुपमा देखिएको मूल्यवृद्धि,उच्च ब्याजदर सबैखाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको असर बैंकिङ क्षेत्रमा पनि देखिएको बताए । उनले मौद्रिक र वाह्य क्षेत्रमा केही प्रगति भएपनि विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको बताए । उनले बैंकको खराब कर्जा ३.६१ प्रतिशत पुगे पनि दक्षिण एशियाली देशसँग तुलना गर्दा डराउनुपर्ने अवस्था नभएको भएपनि सजग हुनैपर्ने अवस्था रहेको बताए ।अध्यक्ष केसीले स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोहीअनुसार बैंकहरुले काम गरेको बताए । उनले एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग गर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।