प्राकृतिक विपदको पूर्वतयारीका लागि ७७ जिल्लामै संरचना खडा गरिने
zeenepal
२०८० कार्तिक २०,
9
Shares
काठमाडौं । प्राकृतिक विपदको पूर्व तयारीका लागि ७७ जिल्लामै संरचना खडा गरिने भएको छ ।सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद र नेताहरुको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपतको पूर्व तयारीबारे सरकारको निर्णय जानकारी गराएका हुन् ।उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले ‘भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपदाको लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामै एउटा÷एउटा संरचना खडा गर्ने निर्णय गरिएको’ बताएका हुन् ।
गत शनिवार जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट प्रभावितहरुका लागि सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकता राखेर काम अगाडि बढाइएको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।भेटमा रास्वपाका सांसद एवम पार्टी उपसभापति डोरप्रसाद अर्यालले सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गरे ।प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनस्र्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न पनि उनले सरकारको ध्यानाकर्षण गरे ।