
उपप्रधानमन्त्री खड्कालाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेका अस्पतालमा भूकम्प प्रभावित घाइतेको प्रभावकारी उपचार, उद्धार र राहतका लागि भएका कामका बारेमा जानकारी गराएका थिए ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी गराएका थिए ।
सरकारले भूकम्प प्रभावित जिल्लाका घाइतेको उपचारका लागि भेरी अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकेको छ । भेरीमा भूकम्पका घाइतेको उपचारका लागि १०५ शय्या छुट्ट्याइएको छ । हाल जाजरकोट र रुकुम पश्चिमका ३७ घाइतेको भेरीमा उपचार भइरहेको छ । घाइते एक जना भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत छन् ।