काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन् ।प्रथम महिला सविता पौडेलसँगै पूजास्थल पुगेका राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घदान गरे ।राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेका थिए । त्यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरे ।
राष्ट्रपति पौडेल गुह्येश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।