
दूतावासद्वारा आज जारी विज्ञप्तिमा पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्य जाँच उपकरणले प्राथमिक स्वास्थ्य परीक्षणस् कलेजो, मृगौला, र प्यान्क्रियाजसहित महत्वपूर्ण अङ्गहरूको स्वास्थ्य अवस्था परीक्षणमा उपयोगी हुने विश्वास रहेको छ । यस डायग्नोस्टिक उपकरणले सिरम, प्लाज्मा र पिसाबजस्ता बायोकेमिस्ट्री नमूनाहरूको सही विश्लेषण गर्ने छ र रोगको निदानका लागि उपचारमा महत्वपूर्ण भूमिका कोरिया सरकारको यस सहयोगले स्थानीय स्तरमा रहेका अस्पतालहरूलाई प्राथमिक चरणमा नै रोगको सही पहिचान र उपचारका लागि सहज बनाउने छ ।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सचिव पोखरेलले यस किसिमको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षण तथा स्वास्थ्य अधिकारीहरूलाई सुदृढ बनाउन सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिँदै नेपालको स्वास्थ्य क्षेत्रको क्षमता विस्तारमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे । राजदूत पार्कले कोरियाली सरकारको यस्ता किसिमका सहयोगले नेपाललाई एक स्थिर विकासका लागि सधैँ समर्थन रहने बताए ।
कोरिया सरकारले नेपाललाई १५ वर्षदेखि लगातार विकास साझेदारी प्राथमिक राष्ट्रको सूचीमा समावेश गरेर विभिन्न विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । विकास साझेदारीका प्रमुख क्षेत्रहरुमा स्वास्थ्य, सरसफाइ, कृषि, खानेपानी, शिक्षा, ग्रामीण विकास तथा उर्जा क्षेत्र रहेका छन् ।कोरिया सरकारले कोइकामार्फत सन् १९९१ देखि नेपाललाई १८८.६ मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलव्ध गराइसकेको छ । हालसम्म मुगु, नुवाकोट र टीकापुर अस्पतालको स्थापना भएर सञ्चालनमा रहेको छ । त्यसैगरी कोरिया सरकारको सहयोगमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको कोरिया नेपाल मैत्री अस्पतालको क्षमता वृद्धिका लागि दोश्रो चरणको कार्यक्रम अन्तरगत १५० थप शय्याको अस्पताल निर्माण चरणमा रहेको छ ।