
मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी शाखाका शाखा अधिकृत हरिशरण न्यौपानेद्धारा हस्ताक्षरित परिपत्रमा भनिएको छ,‘ सरुवा स्थगित गर्नुको अर्को कारण बढुवाका लागि मात्रै अंक थप्न दुर्गम स्थानका निकायहरुमा सरुवा भएर जान दोहोरो सहमति लिने क्रम बढेकाले हो । यसरी बढुवा हुनुभन्दा अघि सरुवा गर्दा दुर्गममा बसेर काम गरेका कर्मचारी मर्कामा पर्छन् ।’ पत्रमा सरोकारवाला पक्षबाट गुनासो आएको हुँदा राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरहको पदको कुनै पनि निकायमा सरुवा/पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य यही मिति २०८० साल फाल्गुन मसान्तसम्मको लागि स्थगित गरिएको गरिएको उल्लेख छ ।