जसपा नेपालको विरोध प्रदर्शन यातायात कार्यालय नसार्न माग
zeenepal
२०८१ कार्तिक २८,
180
Shares
नेपालगन्ज कात्र्तिक । बाँकेको नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्न लागिएको भन्दै विरोध भएको छ । जसपा नेपाल बाँकेले यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्ने कार्य अघि नबढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ । जसपा नेपाल बाँके अध्यक्ष कौशल कुमार धोबीले भने नेपालगन्जमा रहेका अधिकांश सरकारी कार्यालय प्रदेश संरचनापछि सुर्खेत र बुटवल स्थानान्तरण भएको र बाँकी रहेका कार्यालय पनि अन्यत्र स्थानान्तरण गर्ने कार्य तत्काल रोक्न माग गर्दै प्रदेश मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए ।
धोबीले भने,“नेपालगन्ज रित्ताउने र रित्तिने सिलसिला रोक्न चिन्ता जाहेर गर्दै जसपा नेपाल बाँकेले ज्ञापनपत्र बुझाएको छ, आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए । यातायात व्यवस्था कार्यालय नेपालगन्ज हाल बाँके गाउँमा भाँडाको घरमा रहेको छ । नेपालगन्ज उप–महानगरपालिकाले कार्यालयका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण हुन लागेको भन्दै विरोध गरिएको छ ।
जसपा नेपाल बाँकेले बुधवार नेपालगञ्को वि.पी चौकदेखि विरोध रेलीसमेत प्रदर्शन गरेको थियो । विरोध प्रदर्शन कार्यक्रममा प्रदेश सभा सांसद अम्बिका काफ्ले, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, पार्टी सचिव सूर्य लाल यादव, पार्टीका लुम्बिनी जसपा नेपाल प्रदेश नेता बाबु खाँ,नेता इस्रत अली मुकेरी,केन्द्रीय सदस्य महिला नेतृ बेबी तपसुम अन्सारी, लगायतको सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता थियो।