काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीेले वर्तमान सरकार आफैं ढल्ने बताएका छन् । वर्तमान सरकारको जग कमजोर भएको भन्दै उनले कसैले ढाल्नै नपर्ने र आफैं ढल्ने बताए ।शुक्रवार डडेलधुरामा आयोजित महाकाली-मेची अभिायनअन्तर्गतको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार कसैले ढाल्नु पर्दैन, सरकार हल्लिरहेको छ ।
चर्याकमर्याक छ । यो सरकार कुनै समय आफैँ ढल्न सक्छ । यो कुनै खुट्टा भएको सरकार नै होइन । यो त गठबन्धनका छेस्का टिकाएर अडेको सरकार हो ।वर्तमान सरकार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नीतिमा हिँड्न खोज्दा पनि नसकेको र सत्ता साझेदार दल नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेको आरोप ओलीले लगाए ।वर्तमान सत्ता गठबन्धन रहीरहे देश बर्बादीमा जाने जिकिर गर्दै ओलीले आगामी २०८४ सालको चुनावपछि नेकपा एमालेको एकल सरकार बनाउनुपर्ने बताए ।