जनकपुरधाम। सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय युवाहरु आन्दोलित भएका छन् ।दुई वर्षअघि शिलान्यास गरेर अलपत्र छाडिएको प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै उनीहरु बिगत ६ दिनदेखि आन्दोलनमा छन् ।
उनीहरु दबाब दिन विभिन्न शैलीमा जुलुस प्रदर्शनसंगै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना बस्दै आएका छन् ।बिहीबार जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना बसेका उनीहरु आज दिउँसो १२ बजेदेखि २ बजेसम्म दुईघण्टा धर्ना बसिरहेका छन् ।प्रतिष्ठान निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउनुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरूमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।
ADVERTISEMENT

