सप्तरी ४ जेठ, । पुनः मतगणनाको माग गर्दै सप्तरीको बोदे बर्साइन नगरपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । उनीहरुले वडा नम्बर ३ को २ वटा मतदान केन्द्रको मतगणना पुनः गर्न माग गरेका छन् ।
बुधबार दिउँसो माओवादी केन्द्र सप्तरीका जिल्ला अध्यक्ष उमेशकुमार यादवको नेतृत्वमा मतगणना स्थल बाहिर टायर बालेर प्रदर्शन भएको छ । माओवादीले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणना गर्न भन्दै निवेदन समेत दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले यादव ६०० मत ल्याएर निर्वाचित भएको र उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका यादवले ५९९ मत प्राप्त गरेको जनाएको छ ।
१ मतान्तरले यादव पराजित भएपछि माओवादीका कार्यकर्ताहरुले मतगणनामा धाँधली भएको आरोप लगाउँदै फेरि सुरुदेखि मतगणना गर्न मांग गर्दै बुधबार प्रदर्शन गरिरहेका छन् ।
ADVERTISEMENT