काठमाडौं । लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय महासचिव समर साहले नेपालमा लगानी गर्न भारतीय जनता पार्टीका नेतासमक्ष आग्रह गरेका छन् ।भारत भ्रमणमा रहेका लोविसंघका महासचिव साहले सोमबार भाजपाका विदेश विभागका अश्विन जोर समक्ष आग्रह गरेका हुन् ।
भाजपाको केन्द्रीय कार्यलयमा विदेश बिभागले आयोजना गरेको अन्तरकृयामा बिदेश बिभागका जोर समक्ष संघको तर्फबाट साहले उद्योग, कलकारखानामा नेपाललाई सहयोग तथा लगानी गर्न आग्रह गरे ।यस्तै, कृषि, शिक्षा, खाद्य उत्पादन लगायत खाद्य आपूर्ति, हाइड्रोपावर लगायत नेपाल–भारतको सीमा समस्या तथा मधेश प्रदेशको पुर्वाधार, उद्योग, पर्यटन क्षेत्र विकास लगायतमा लगानी गर्न साहले आग्रह गरेका हुन् ।त्यसैगरी, महसचिव साहले नेपालका विश्वविद्यालय र भारतका विश्वविधालयका विद्यार्थीहरु बिच अझ सम्बन्ध कसरी राम्रो हुने भन्ने कुरा राखेका थिए ।