एनसेलले कर छलेको पाइए सरकारले छाड्दैन : अर्थमन्त्री
zeenepal
२०८० पुष २,
3
Shares
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलले कर छलेको पाइए सरकारले नछाड्ने चेतावनी दिएका छन् ।सोमबार नेपाली कांग्रेस नुवाकोटको सम्मेलनमा बोल्दै उनले एनसेलबारे सरकारले छानविन समिति बनाएको र करछली गरेको पाइए नछाड्ने बताए ।
उनले भने, ‘किनबेच अर्थ मन्त्रालयले हेर्दैन, प्राधिकरणले हेर्छ, त्यसको छानविन हुँदैछ ।सरकारले एनसेल खरीद–बिक्रीबारे छानविन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । जसमा अर्थ मन्त्रालयका सहसचिवहरु समेत सदस्य छन् । समितिलाई एक महिनाको समय दिइएको छ ।राजनीतिक विषयमा बोल्दै उनले क्षणभरमा महत्वाकाङ्क्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने बताए ।