टेलिभिजनहरुकाे संवद्धन लुम्बिनी प्रदेश सरकारले विशेष याेजनाकाे साथ काम गर्ने : मन्त्री पाण्डे
zeenepal
२०८० पुष ३,
18
Shares
भैरहवा ।टेलिभिजनहरुकाे संवद्धन र प्रबर्द्धनकाेलागि लुम्बिनी प्रदेश सरकारले विशेष याेजनाकाे साथ काम गर्ने सरकारका प्रवक्ताले बताएका छन् । रास्ट्रिय टेलिभिजन प्रसारण संघ लुम्बिनी प्रदेश समितिकाे अायाेजनामा भैरहवामा सम्पन्न भएकाे टेलिभिजन सन्चालन अवसर र चुनाैति बिषयक कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश सरकारका गृह तथा सन्चार मन्त्री सन्ताेष कुमार पान्डेले लुम्बिनी प्रदेशमा प्रसारण कार्यलय रहेका टेलिभिजनकाे संरक्षणमा सरकारले विशेष याेजनाका साथ काम अगाडि बढाउने बताए ।सरकारका प्रवक्ता समेत रहेका मन्त्री पान्डेले भने, ” प्रदेशमा रहेका टेलिभिजन सन्चालनमा सघाउने ध्ययेले हामिले केही कार्यक्रम राख्छाै । सामाजिक सन्जाल र यट्युबहरु दर्ताबिनै चलेका छन् , तिनले जे लेखे पनि , जसरि समाचार हालेपनि भएकाेछ , तिनले दिने सुचनाले जनतामा विश्वास भन्दा बढि भ्रम छरेका छन हामी त्यसकाे नियमनकाेलागि पनि तयारि गर्छाै ” मन्त्री पान्डेले छिट्टै नै प्रदेश मुख्यमन्त्री सहित बैठक राखेर लुम्बिनी प्रदेशमा प्रसारण कार्यलय रहेका टेलिभिजनहरुसँग प्रदेश सरकारकाे सहकार्यलाई थप जाेड दिने पनि बताए ।
छलफलमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाजमा एकाध बाहेक धेरै यट्युब च्यानलहरुले भ्रमकाे खेति गरिरहेकाे , सामाजिक द्वेष फैलाउने गरेकाे बताउदै त्यस्तालाई प्रशासनले नियालि रहेकाे बताए । अर्यालले टेलिभिजन मिडिया जत्तिकाे विश्वसनिय र सुचनाकाे भरपर्दाे माध्ययम मिडिया जगतमा अरु नहुने बताए । छलफलमा जिल्ला हुलाक कार्यलयका प्रमुख रिषिकेश रेग्मिले जिल्ला तहमा हुने सन्चार माध्ययम अनुगमन समितिकाे संयाेजककाे हिसाबले सदैव दर्तावाला र बैधानिक मिडियाकाे पक्षमा वकालत गरिरहेकाे बताए । काेष नियन्त्रक परशुराम भट्टराईलेले पालिका र सरकारि कार्यलयका विज्ञापन प्रसारण तथा प्रकाशन र डकुमेन्ट्रीहरु निर्माण दर्ताबिहिन यट्युब च्यानल तथा अनाधिकृत ब्यक्ति र संस्थालाई दिन नहुने बताउदै त्यस्ताे पाईएमा सबै कार्यलयमा लेखापालहरुलाई राेक्न निर्देशन दिने बताए ।
साे अवसरमा लुम्बिनी टेलिभिजन सन्चालक समितिका अध्यक्ष एजाज अालमले जनताले सन्चालन गरेका टेलिभिजनहरुले सरकारकाे सेवा प्रवाहलाई जनता समक्ष पुराईरहेकाे बताउदै राज्यले टेलिभिजनकाे सम्बर्धनमा ध्यान दिनुपर्ने बताए । अध्यक्ष अालमले भने,” टेलिभजनहरुकाे संरक्षण गर्नु राज्यकाे पनि दायित्व हाे ” रास्ट्रिय टेलिभिजन प्रसारण संघका सल्लाहकार दिनेश पान्डेले कार्यपत्र प्रस्तुत गर्दै सामजिक सन्जाल, यट्युबले सृजना गरेकाे चुनाैति, वर्तमान अार्थिक मन्दि र समाचारकाे विश्वसनियताकाे बारेमा प्रस्टाएका थिए ।
कार्यक्रममा समता टेलिभजन नेटवर्क भैरहवाका अध्यक्ष गाेकुल पाेखरेल, सनराईज टिभि पाल्पाका सन्चालक सन्ताेष बस्याल, राज्य टेलिभिजन बुटवलका निमित्त कार्यलय प्रमुख हरिश ढकाल, बुद्ध अावज टेलिभिजन कपिलवस्तुका सन्चालक उमाशंकर चाैधरि, तिलाेतमा टेलिभिजन रुपन्देहीको सन्चालक कृष्ण प्रसाद पान्डे, पृथ्वि टेलिभिजन रामपुर पाल्पाका सन्चालक कृष्ण पाैडेल, देवदह टेलिभिजनका सन्चालक गाेविन्द ज्ञवालि, लुम्बिनी टिभिकाे स्टेसन म्यानेजर भगवती पान्डे, साझा टिभिका सन्चालक भुवन जिसि, तिलाेतमा टिभिका स्टेसन प्रमुख मिनाक्षि न्याैपाने, राज्य टिभिकाे समाचार प्रमुख यमलाल भुसाल लगायतले बाेल्दै टेलिभिजन मिडियाकाे अावश्यक्ता दिनानुदिन बढ्दै गएकाे बताए । लुम्बिनी प्रदेशमा बाकेमा जि टिभि फाेके, दाङमा सप्तरङ्गि र राप्ती दर्पण, कपिलबस्तुमा बुद्धअावज, रुपन्देहीमा लुम्बिनी , बुद्ध, राज्य, साझा, समता, तिलाेतमा, भैरहवा , देवदह सन्चालनमा छन् । यसैगरि गुल्मिमा बि टिभि र पाल्पामा सनराईज र पृथ्वि टेलिभिजन नियमित सन्चालनमा रहेका छन् ।