
समितिका सदस्यले हाल अध्ययन अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन् ।पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषद्बाट हुने नितिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताए ।विश्व विद्यालयले खासगरी अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने गरी प्रारम्भिक रूपरेखा बनाएको उनले बताए । यस विश्व विद्यालयमा नेपालका सबै धर्म शास्त्रहरूको अध्ययन अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए ।
यस विश्व विद्यालयमा कम कक्षा र बढी अनुसन्धान गराइने प्रारूप तयार गरिएको अर्का सदस्य डा.प्रेमबहादुर खत्रीले बताए । नेपालमुखि अनुसन्धान, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रूपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीले बताए ।विश्व विद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्व विद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पुरा गरेपछि स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितिका अर्का सदस्य कमल ढकालले बताए ।यस अवधारणाले नेपाल, पशुपति र हिन्दुहरूको गौरवको विषय भएकोले कुनै प्रकारको ढिलासुस्ती नगर्न क्षेत्र विकास कोषलाई मन्त्री किरातीले निर्देशन दिए ।