
अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्नियाँ भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्ना गरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्नियाँ निकालिएको बाल रोग सर्जन डाक्टर श्रेष्ठले बताए । शिशुको जन्मजातै दुवैतर्फ हर्नियाँ थियो । सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठुलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधिअनुसार नाइटोको छेउमा ३ एमएमको २ वटाप्वालपारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ ।’ डा.श्रेष्ठले भने ।
उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए । मुटुको शल्यक्रियाबाहेक केएमसीमा जस्तोसुकै उपचार सम्भव रहेको जिकिर गर्दै डा.श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनै पनि समस्याहरूमा अभिभावकले हेलचेक्र्याइँ गर्न नहुने पनि बताए ।