नेपालगन्ज : बाँके जिल्ला टेबल टेनिस संघको अध्यक्षमा प्रशान्त श्रेष्ठ पुनः निर्वाचित भएका छन् । नेपालगन्जस्थित गोल्डेन एबीसी स्कुलमा सम्पन्न भएको संघको साधारण सभाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अरुणविक्रम शाह र गौतमसिंह परियार रहेका छन । यस्तै सचिवमा भुमण्डल प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा नितु गुरुङ चयन भए । यसैगरी सदस्यमा विकास बहादुर सिंह, विकास राजभण्डारी, पुर्णकुमारी थापा, युवराज कोइराला, नरेश यादव, अब्दुल अजिज बागवान रहेका छन् ।
संघको सोमबार नै बसेको पहिलो बैठकले धन्यवाद ज्ञापन, प्रदेश प्रतिनिधि चयन र सल्लाहकार मनोनयन समेत गरेको छ । आगामी पुस १५ गते हुने संघको प्रदेश अधिवेशनका लागि प्रशान्त श्रेष्ठ, विकास बहादुर सिंह र अरुण विक्रम शाहलाई प्रतिनिधि चयन गरिएको छ । यस्तै सल्लाहकारमा सुभाषसिंह श्रेष्ठ र जितेन्द्र बहादुर हमाललाई मनोनित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
त्यस्तै संघको बाँकी रहेको दुई जना सदस्य जिल्ला खेलकुद विकास समिति बाँकेले मनोनयन गर्नेछ । यसअघि श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका पुर्बमन्त्री तथा ओलम्पियन सुरेन्द्रबहादुर हमालले दीप प्रज्वलन गरि साधारण सभाको उद्घाटन गरेका थिए ।कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, बाँके जिल्ला खेलकुद बिकास समितिका सदस्य रन्जित सिंह सिजापति, बुद्धिचाल महासंघका केन्द्रिय सदस्य प्रतिमा महत लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।