
पदाधिकारी कति जना हुने अन्तरिम विधानले पनि सुनिश्चित गरेको छैन । तर विधानमा अध्यक्ष १ जना तथा आवश्यकता अनुसार वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्षहरु रहने बताइएको छ । पार्टीको केन्द्रीय समिति ३२४ सदस्यीय रहेका छन् भने कार्यकारिणी समिति ५१ सदस्यीय बनाएको स्रोतले जनाएको छ ।
लोसपा स्थापना भएको २ वर्ष बितेको छ । यो दुई वर्ष पार्टी केन्द्रीय समिति बिना चलेको छ । केन्द्रीय समितिलगायत अन्य समितिहरू बनाउने जिम्मेवारी पाएका अध्यक्ष ठाकुरले समिति बनाउन यत्रो समय लगाएको नेताहरू बताउँछन् । लोसपाको अन्तरिम विधानमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिले क्षेत्रीय, सामुदायिक, समावेशी, लैङ्गिक सन्तुलन र वर्तमान सङ्गठनका वस्तुस्थितिलाई मध्यनजर राख्दै ४०१ सदस्यसम्मको केन्द्रीय समितिका गठन गर्ने भनिएको छ ।