जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न हुन्छ : प्रधानमन्त्री प्रचण्ड
zeenepal
२०८० पुष १०,
12
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताएका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताएका हुन् । उनले भूकम्प पीडितका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले निकासी भइसकेको बताए ।
उनले विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको व्यवस्थापन गरिएको पनि बताए ।प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुमको भूकम्पपछि खोज र उद्धारमा सरकारले लिएको तदारुकताले राज्यप्रति जनताको भरोसा बढाएको उल्लेख गरे ।