‘
कुनैपनि लगानी विना लक्ष्य, उद्धेश्य र बिजनेस बिना गरिँदैन । थप पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन यति ठुलो परियोजना त हचुवाको भरमा बनाउने कुरै हुन्न’ यादवले भने,’यसको पछाडि क–कसको स्वार्थ छ, समितिले अध्ययन गर्दैछ । पोखरा विमानस्थलको सम्पूर्ण फाइलहरु समितिले मगाएको छ, यथार्थ छानबिन हुन्छ र दोषीलाई कारबाही हुन्छ,’ उनले भने ।यस्तै, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले समेत बिजनेस गर्न नसकेको भन्दै समितिका सभापति यादवले यस्ता राष्ट्रिय महत्त्वका आयोजना परियोजना बनाउँदा दीर्घकालीन सोच राखेर मात्र अघि बढ्नुपर्ने बताए ।
यसैगरी नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयू)को कालोसूचीबाट हट्न नसकेको प्रति दुख व्यक्त गर्दै सभापति यादवले यसको छुटकाराका लागि नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सरकारलाई आवश्यक सुरक्षा व्यवस्था तथा नीति निर्माणमा लाग्न समितिले निर्देशन दिएको बताए ।