
उनी आज फेरि त्यही विवाद समाधानका लागि सप्तरी जाँदै छन् । सप्तरीका एक नेताले भने, ‘अस्ति अध्यक्षजी आएर दुवै पक्षको कुरा सुनेर जानु भएको थियो आज फेरि आउँदै हुनुहुन्छ, आज–भोलीसम्ममा विवाद मिलाउनु हुन्छ कि हामीले विश्वास लिएका छौँ ।केदार यादव अध्यक्ष रहेको जिल्ला कमिटीको विरुद्धमा उमेश यादवको अध्यक्षतामा अर्को कमिटी गठन भएको थियो । त्यो समानान्तर कमिटी बनाउनमा कार्यकारिणी सदस्य रेणु यादव र केन्द्रीय सदस्य शैलेन्द्र साहको पनि सहयोग थियो ।