
राजनीतिका लागि मात्र राजनीति भइरहेको छ । नेताहरुले राजनीति छाडेर राष्ट्रनीति गर्नुपर्छ । अहिलेको नेताहरुलाई समाजले के खोजिरहेको छ भन्ने बारेमा थाहा नै छैन’ उनले भने, ‘विपीका समयमा नेताहरुमा अहिलेको जस्तो साँघुरो सोच थिएन । त्यस समयमा आफूसँग भएका स्रोतहरु देशका लागि खर्च गर्ने नेताहरु थिए । अहिलेको ४ आना जग्गाको लागि ¥याल काड्ने नेता त्यस समयमा थिएनन् । स्वार्थ र लोभका कारण देशको अवस्था कमजोर बनेको हो ।’
राजनीतिक दलका नेताहरुले पुरानो ढर्रा त्याग्नुपर्ने उनको भनाई छ । पद र प्रतिष्ठाका लागि मात्र नेताहरुले लुछाचुँडी छाडेर देश विकासको गतिमा अघि बढाउन र युवाहरुलाई आशा जगाउने कामहरु गर्नुपर्नेमा उनले जोड दिए । अहिले राजनीतिक दलका नेताहरु अपडेट हुन जरुरी रहेको समेत भण्डारीले बताए ।
समय र प्रविधिअनुसार सरकार र नेतृत्वकर्ताले काम गर्न नसक्दा युवाहरुमा चरम निराशा पैदा भएको उनले औल्याए । नेतृत्वको कमजोरीका कारण राजनीतिमा इमोशन दिन नसकेको उनको भनाई छ । नेपालको राजनीति नारायणगढ बुटवल खण्डको सडक जस्तै बनेको उनले टिप्पणी गरे ।अब पाइलै पिच्छे नेताहरुलाई गलत गर्ने छुट छैन । लोकतान्त्रिक व्यवस्थाअनुसार प्रविधिको सदुपयोग गरेर विकास र समृद्धिका लागि काम गर्नुपर्छ । युवाको माग अनुसारको परिवर्तन दिनु अहिलेको नेतृत्वको चुनौतिको विषय हो । नेपाल नारायणगढ बुटवल सडक खण्डको सडक जस्तै बनेको छ । अहिले सो खण्डमा बाटो छ तर, गाडी चल्न सक्ने अवस्था छैन’ उनले भने ।देशमा विश्वकै उत्कृष्ट संविधान कार्यान्वयन भएपनि सो अनुसार काम हुन नसकेको उनले बताए ।