
नेपाली समयअनुसार आइतबार दिउँसो ३ः४५ बजेदेखि लाइन टापुमा नयाँ वर्ष शुरु भएको हो ।लाइन टापुका बासिन्दाहरूले सुँगुरको भुटेको मासु, क्रेफिस र परम्परागत खानाको साथ नयाँ वर्ष मनाउँछन्। किरिबाटीको कुल जनसङ्ख्या एक लाख १९ हजार रहेको छ । यसको राजधानी तरावा हो ।