नेपालगन्ज : नेपालगन्जमा चिसो ह्वात्तै बढेको छ । चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । जल तथा मौसम कार्यालय नेपालगन्जका नायव मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बुधबार बिहान नेपालगन्जको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । उनले भने, ‘यो आज बिहान ८ बजेर ४५ मिनेटमा मापन गरिएको तापक्रम हो ।’
यसअघि मंगलबार नेपालगन्जको तापक्रम झनै घटेको थियो । कार्यालयका अनुसार मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा कायम गरिदाँ नेपालगन्जको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो ।