
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटघाट गरेका थिए । राष्ट्रपति पौडेलसँगको भेटघाटमा पनि दुई देशको सम्बन्धको बारेमा कुराकानी भएको थियो ।प्रधानमन्त्री प्रचण्डसँग भेटघाटपछि उनी परराष्ट्र मन्त्री एनपी साउदसँग छलफल गरेका छन् । त्यहाँ पनि विभिन्न राजनीति, आर्थिक तथा सांस्कृतिक विषयमा कुराकानी गरेर उनी संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए ।