विराट शिक्षण अस्पतालको छुट्टै क्यान्सर इन्ष्टिच्युट
zeenepal
२०८० माघ २२,
9
Shares
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले ‘विराट क्यान्सर इन्ष्टिच्युट’ सञ्चालनमा ल्याएको छ ।करिब चार अर्ब लागतमा एक सय बेडको क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको हो रेवन्त-रूपमणी फाउन्डेसनबाट सञ्चालित इन्स्टिच्युटको क्यान्सर दिवसको अवसर पारेर कांग्रेस नेता डाक्टर शेखर कोइरालाले उद्घाटन गरे ।विराट मेडिकल कलेजका १२ सय शैय्यामध्ये १०० शैय्या क्यान्सर रोग विभागको लागि छुटयाएको विराटका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।
रेवन्त–रूपमणी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार सस्तो मूल्यमा गर्ने कार्कीको दाबी छ ।क्यान्सरको उपचार र शल्यक्रियाका लागि आधुनिक प्रविधिको रेडिएसन पद्दतिद्वारा क्यान्सरको उपचार गर्ने उनले बताए ।क्यान्सरका बिरामी चितवन र विदेश जान नपर्ने डा कार्कीको भनाइ छ ।इन्स्टिच्युटले रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टीक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन गरेको छ ।