कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली, १८१ जना मिसन इलाका प्रस्थान
zeenepal
२०८० माघ २३,
3
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यको लागि तैनाथ नेपाली सैनिकहरुको अदलीबदली भएको छ । नरसिंहदल गण शान्ति सेना २९ औँ डफ्फा, नं. २६ फिल्ड गुल्म (शान्ति सेना) २६ औँ डफ्फा र क्विक रियाक्सन फोर्स कम्पनीशान्ति सेना दोस्रो डफ्फालाई बदली गर्नको लागि मंगलबार महावीर शौर्य गण रेञ्जर (शान्ति सेना) ३० औँ डफ्फा, नं. २७ फिल्ड गुल्म शान्ति सेना २७ औँ डफ्फा र केवलजंग(शान्ति सेना) तेस्रो डफ्फाका १८१ जना नेपाली शान्ति सैनिकहरू सेनानी ध्रुव कुमार श्रेष्ठको नेतृत्वमा काठमाडौँबाट मिसन इलाका प्रस्थान गरेका छन् ।
यूएन चार्टर्ड उडानमार्फत उनीहरु मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस्तै, सो मिसन अन्तर्गत विभिन्न युनिटहरूमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका १८६ जना नेपाली शान्ति सैनिकहरूपनि प्रमुख सेनानी शान्त कुमार कार्कीको नेतृत्वमा आजै स्वदेश फर्किएका छन् ।