काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने भएको छ सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको छ माओवादीका मुख्य सचेतक हितराज पाण्डेका अनुसार संसदीय दलको बैठकमा सोमबार १६ जना र मंगलबार ८ जना सांसदले धारणा राखेका थिए । अधिकांशले राष्ट्रिय सभाको अध्यक्षमा पार्टीले उम्मेदवार खडा गर्नुपर्ने बताएका छन् ।
‘राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार हुनुपर्ने तर्कहरुसहित प्रस्तुत भएका छन्’ मुख्य सचेतक पाण्डेले भने, ‘अध्यक्ष प्रचण्डले सांसदहरुको भनाइमा समर्थन जनाउँदै सत्ता गठबन्धनमा रहेका अन्य दलहरुसँग छलफल गर्ने बताउनुभएको छ ।’
अध्यक्ष प्रचण्डले राष्ट्रिय सभाको अध्यक्षमा हाम्रो उम्मेदवार रहन्छ र यस सम्बन्धमा गठबन्धनमा गम्भीर ढंगले छलफल गर्छु भन्नुभएको छ’ माओवादीका एक सांसदले भने राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने निचोडमा पुगेतापनि औपचारिक निर्णय भने माओवादी केन्द्रले लिएको छैन । गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट विजयी सबै सदस्यहरुलाई बधाइ दिने विषय भने संसदीय दलको औपचारिक निर्णयमा उल्लेख छ ।
ADVERTISEMENT

