
ट्राफिक व्यवस्थापनलाई चुस्त पार्दै दुर्घटना कम गराउन ट्राफिक प्रहरीले दक्ष जनशक्ति र साधनस्रोतको उचित प्रयोग गर्दै काम गरिरहेको छ । प्रचलित कानुन तथा संगठनिक नीति अनुरूप प्रहरीले सरोकारवाला निकाय सँग समन्वय गर्दै सुरक्षित यात्राका लागि प्रभावकारी अभियान सञ्चालन गर्दै आइरहेको छ । तथापि दैनिक रूपमा सवारी नियम उल्लंघनमा सवारी चालकहरू फेला पर्ने गरेका छन् । सवारी चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही तथा जरिवानाबाट राजश्व सङ्कलन हुने गर्छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, “कानुन कार्यान्वयनमा कठोरतापूर्वक लागेका छौँ । सडक सुरक्षालाई प्राथमिकता राखेका छौँ । प्रहरीको आचरण र व्यवहारमा शिष्टता कायम गर्न तल्लीन छौँ । नेपाल प्रहरीले ट्राफिकबाट मात्र नभई राज्यको कानुन कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली लगायतका कार्यहरूबाट समेत राजश्व सङ्कलन गरी वार्षिक रूपमा ठुलो परिमाणमा राजश्व सङ्कलन गर्दै आएको छ ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसुर अनुसार ५०० रूपैयाँदेखि ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने व्यवस्था रहेको छ ।