
विशेष अदालतका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु, तेज नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई दोषी ठहर गरेको हो ।सुनसरीको बर्जू गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई सेवाग्राहीसँग घुसबापत लिएको २० हजार नगदसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । घरको नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले मेहतालाई २०७९ चैत २७ गते विराटनगर महानगरपालिका ५ पुलचोकबाट नियन्त्रणमा लिएको थियो । २०८० जेठ १० गते विशेष अदालतमा दर्ता भएको उक्त मुद्दामा इजलासले मेहतालाई दोषी ठहर गर्दै बिगो बराबरकै २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला सुनाएको हो ।