नेपालगन्जमा बिहीबारदेखी ट्राफिक सप्ताह सुरु गरिएको छ ।सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल र जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्य तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको आयोजनामा ट्राफिक सप्ताह सुरु गरिएको हो । उक्त सप्ताहको धम्बोझी चोकमा कार्यक्रमका प्रमुख अतिथी तथा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘एउटा कुनै पक्षले मात्रै यसको समाधान गर्न सक्दैन, सवारी मार्ग, सडकको गुणस्तर, सवारी साधनको गुणस्तर, साथ साथै सवारी चालक,यात्रुको चेतना र अनुशासनको स्थिती, ट्राफिक प्रहरीको ऐन नियम लागुगर्ने प्रतिवद्धता र सक्रियताबाट मात्र सकारात्मक परिवर्तन ल्याउन सक्छौं ।सरकारले ट्राफिक सप्ताहमार्फत मुख्य त ट्राफिक नियमको जानकारी गराउने र यो सडक दुर्घटनाको कारण जानकारी गराउने र त्यसबाट बच्नको निम्ति ट्राफिक अनुशासन कायम गर्ने नै मुख्य पक्ष हुन आउने बताए ।
सो क्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख(एसपी) श्यामबहादुर खत्रीले सरोकारवाला निकाय, चालक, सडक प्रयोगकर्ता, आम सर्बसाधारण लगायतले मर्यादित र सचेत भएर ट्राफिक नियम पालना गर्ने हो भने अनपेक्षित दुर्घटनाबाट बच्न सकिने बताए ।यही अभियानलाई सार्थक पार्न सुरु भएको ट्राफिक सप्ताहलाई विभिन्न कार्यक्रमका साथ मनाइनेछ,’ उनले भने ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख(प्रहरी निरीक्षक)गोपिकृष्ण सुवेदीका अनुसार ट्राफिक सप्ताहभरी पैदल यात्रीलाई जेब्रा क्रसिङमा बाटो काट्ने तरिका सिकाउने, ओभर स्पिड र ध्वनी नियन्त्रण, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चेकजाँच गर्ने, सवारी साधनको यान्त्रिक परिक्षण, सवारी चालकको स्वास्थ्य परिक्षण र पर्चा पप्पलेट वितरण, ट्राफिक सिंग्नलको प्रयोग गर्न प्रशिक्षण, समुदाय तथा बिद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम लगायत गरिनेछ कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी, प्रदेश सांसदद्धय मिना श्रेष्ठ र अम्बिका काफ्ले, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईनेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,लुम्बिनी प्रदेशका प्रहरी प्रमुख(डिआईजी) कुवेर कडायत लगायतको उपस्थिती रहेको थियो । ट्राफिक सप्ताह उद्घाटन गर्नुअघि स्थानीय विपी चोकबाट धम्बोझी चोकसम्म बृहत रुपमा प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा उपस्थित भएकाले ब्यानर तथा प्लेकार्ड बोेकेका थिए ।
ADVERTISEMENT