काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राजनीतिक दलको आसन परिवर्तन भएको छ । बिहीबार बसेको प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष दलको आसन परिवर्तन भएको हो । गत सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँगको गठबन्धनबाट नयाँ मन्त्रीपरिषद् बनाएसँगै नेपाली कांग्रेस प्रतिपक्षको बेन्चमा बसेको छ । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सत्तापक्षको बेन्चमा बसेका छन् ।
ADVERTISEMENT