काठमाडौं
काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार अशोककुमार व्याञ्जु श्रेष्ठ र उपमेयरमा काँग्रेसका निराजन जंगम विजयी भएका छन् । शुक्रबार सार्वजनिक मत परिणमअनुसार व्याञ्जुलेस्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ९४० मत अन्तरले पराजित गरेका हुन् ।
व्याञ्जुले ८ हजार ३ सय ५१ मत ल्याउँदा बस्नेतले ७ हजार ४ सय ११ मत ल्याए । गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका दया सागर श्रेष्ठले १ हजार ८१९ मत मात्रै प्राप्त गरे ।उपमेयरमा कांग्रेसका जंगमले ७ हजार ७ सय ३८ मत ल्याउँदा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरिन् ।
ADVERTISEMENT